आइपीएलः हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित

बैशाख १४,२०८१

-आस्था न्यूज

बैशाख १४, २०८१ काठमाडौं ।
जारी आइपीएलअन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गरेको छ । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो ।
 
हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । अभिषेक शर्मा ३१, ट्राभिस हेड १, एडेन माक्ररमम र हेनरिक क्लासेन ७(७ रनमा आउट भए । प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भए ।
 
बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २र२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनायो । बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाए ।