सेनाले माग्यो प्राविधिक/हवाई र विविध सेवातर्फ ३१९ जना कर्मचारी

बैशाख १४,२०८१

-आस्था न्यूज

बैशाख १४, २०८१ काठमाडौं ।
नेपाली सेनाले प्राविधिक/ हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ।
 
जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारी मागेको हो।
 
सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल देखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न संख्यामा कर्मचारी मागेको हो।
 
सेनाले जारी गरेको सूचनाअनुसार अमलदार कर्मचारी पदमा १४७ जना मागेको छ। विभिन्न पदमा विभिन्न संख्यामा सैनकि कर्मचारीको माग गरिएको छ।