इलाममा मतगणना आजदेखी

बैशाख १६,२०८१

-आस्था न्यूज

वैशाख १६, २०८१  काठमाडौं ।
इलाम २ को मतगणना गर्नका लागि अहिले बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । मतगणना हिजैदेखि सुरु गर्ने भनिएकोमा मत पेटिका ल्याइपुर्‍याउन ढिलाइ भएपछि अहिले बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो । 
 
सबै प्रक्रिया पुरा गरेर गणना सुरु गर्न ११ बज्ने लाग्ने जनाइएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले मतगणना स्थलमा सबै मतपेटिका आई पुगेको र उच्च सुरक्षा साथ मत पेटिका राखिएको जानकारी दिएका छन् । मतगणनाका लागि  इलामको गौतम बुद्ध सभा हलका दुई स्थानमा तयारी गरिएको छ भने मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तार बेरा गरी सिसी टिभी जडान गरिएको छ । 
 
इलाममा हिजो सम्पन्न उप निर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता मध्ये ६९ हजार दुई सय ८७  ९५९ दशमलव ७९ प्रतिशत० मतदाताले मतदान गरेका छन् ।  इलाम २ मा स्वतन्त्र र राजनीतिक दलका  गरी १९ जना उम्मेदवार मैदानमा छन्