राजस्थान रोयल्ससँग लखनऊ ७ विकेटले पराजित, राजस्थान प्लेअफको नजिक

बैशाख १६,२०८१

-आस्था न्यूज

वैशाख १६, २०८१  काठमाडौं ।
इन्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट फर्ममा रहेको राजस्थान रोयल्सले आठौँ जित हात पारेको छ । अहिलेसम्म एक खेलमा मात्रै पराजित भएको राजस्थानले शनिबार राति लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो ।
 
टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा राजस्थानले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । यो जितसँगै राजस्थान प्लेअफको एकदमै नजिक रहेको छ । उसले एक खेल जित्दा प्लेअफ पक्का हुने छ ।
 
राजस्थान रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । जुन पहिलो दुई ओभरमा सफल सावित भयो । लखनउ सुपर जायन्ट्सको इनिङ्सको पहिलो ओभरमा दुई चौका प्रहार गर्ने क्विन्टन डी कक तेस्रो बलमा आउट भए । उनी ८ रन बनाएर ट्रेन्ट बोल्टको शिकार बने । अर्को ओभरमा अघिल्लो खेलमा नटआउट शतक प्रहार गरेका मार्कुस स्टोइनिस खाता नखोलेर पभेलियन फर्किएका थिए ।
 
त्यसपछि कप्तान केएल राहुलले दिपक हुड्डाको साथमा लखनऊ सुपर जाइन्ट्सका लागि तेस्रो ठूलो साझेदारीको कीर्तिमान बनाए । उनीहरुले ११५ रन जोडे । यस क्रममा राहुलले ३१ बलमा र दीपकले ३० बलमा अर्धशतक पूरा गरेका थिए ।
 
तेस्रो विकेटको साझेदारी १३ औँ ओभरमा १२६ रनको स्कोरमा टुङ्गियो । दीपक हुडा ३१ बलमा ५० रन बनाएर रविचन्द्रन अश्विनको बलिङमा आउट भएका थिए । लखनउको टोलीले १५ औँ ओभरमा १५० रन पुरा गरेपनि १६ औँ ओभरमा निकोलस पुरन ९११० को विकेट गुमाएको थियो । राहुलले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ७६ रनको पारी खेले । १८ औँ ओभरमा १७३ रनको स्कोरमा राहुल आउट भएका थिए । त्यसपछिको ओभरमा रन धेरै रन बन्न नसक्दा लखनऊको टोली २०० सम्म पुग्न असफल रह्यो ।
 
आयुष बडोनी १८ रनमा अविजित रहे भने कृणाल पाण्ड्या १५ रनमा अविजित रहे । राजस्थान रोयल्सका लागि सन्दीप शर्माले सर्वाधिक २ विकेट लिए ।