आज नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल

बैशाख १६,२०८१

-आस्था न्यूज

वैशाख १६, २०८१  काठमाडौं ।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आइतबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल आइतबार उच्च मनोबलका साथ मैदानमा हुनेछ। यो खेल दिउँसो १ बजे सुरु हुनेछ। वेस्ट इन्डिसँगको पाँच खेलको टी-२० सिरिज अन्तर्गत आइतबार नेपालले दोस्रो खेल खेल्न लागेको हो।
 
शनिबार भएको पहिलो खेलमा टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको नेपाले २०५ रनको लक्ष्य पाएको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले १९।४ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो।
 
नेपालले ६ विकेटको क्षतिमा २०६ रनको योगफल बनाएको हो। कप्तान रोहितकुमार पौडेलको शतकीय इनिङमा विजयी भएको नेपालले घरेलु मैदानमा दोस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको थियो।
 
ओपनर अनिल शाह ९ बल खर्चेर ५ रन मात्रै जोडेर आउट हुँदा अर्का ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका बलरसामु टिक्न सकेनन्। १२ बलमा १६ रन जोडेर उनी आउट भए।