इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

बैशाख १८,२०८१

-आस्था न्यूज

बैशाख १८, २०८१ काठमाडौं ।
इलाम- २ मा शनिबार भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै  उनी  विजयी भएका हुन् । 
 
उनले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । १९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएकोमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरी तेस्रो स्थानमा रहे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मत मात्रै पाए।