आज सुनको भाउ स्थिर

बैशाख १८,२०८१

-आस्था न्यूज

बैैशाख १८, २०८१ काठमाडौँ । 
मङ्गलबार सुनको भाउमा स्थिर रहँदा चाँदी भने सस्तिएको छ । आज चाँदी १५ रुपैयाँले सस्तिएको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
आज चाँदी प्रति तोला एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।