भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

बैशाख १८,२०८१

-आस्था न्यूज

बैैशाख १८, २०८१ काठमाडौँ । 
भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।
 
सोमबार दिउँसो सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं.०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।
 
दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
 
स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ ।
 
कार चालक धरानका ३१ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।