प्रभु बैंकको सञ्चालकमा २ जना नियुक्त

बैशाख १८,२०८१

-आस्था न्यूज

बैैशाख १८, २०८१ काठमाडौँ । 
प्रभु बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा २ जना नियुक्त भएका छन् । बैंकको सञ्चालक पदमा किशोर जंग कार्की र भावना बलायर नियुक्त भएका छन् ।
 
बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले दुई जनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  
 
कार्की संस्थापक सेयरधनीको समूहबाट सञ्चालक नियुक्त भएका हुन भने बलायर सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका हुन् ।