उपनिर्वाचनको समीक्षा गर्न रास्वपा सचिवालय बैठक बस्दै

बैशाख २१,२०८१

-आस्था न्यूज

बैशाख २१, २०८१ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। 
 
पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ। 
 
बैठकमा इलाम-२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ। वैशाख १५ गते इलाम-२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो। 
 
बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ।