निःसन्तान दम्पतीहरुको विषयवस्तुमा बनाएको फिल्म मनसरा आजदेखि प्रदर्शनमा

बैशाख २१,२०८१

-आस्था न्यूज

बैशाख २१, २०८१ काठमाडौं ।
अन्तरजातीय सम्बन्धको आयाम तथा निःसन्तान दम्पतीहरुको मनोदशालाई मुख्य विषयवस्तु बनाएको फिल्म ‘मनसरा’ आज शुक्रवारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । 
 
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई ठूला मल्टिप्लेक्स चेनले उच्च शो दिएका छन् । फिल्मलाई क्यूएफएक्सले देशभर ६९ शो दिएको छ । जसमा काठमाडौँमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएका छन् । त्यस्तै वान सिनेमाजले दुई वटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ ।
 
शैलेन्द्रध्वज कार्कीले निर्माण गरेको फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन्  । फिल्मका फिल्मका छायांकार पनि कार्की नै हुन् ।
 
फिल्ममा विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सहनिर्माता छन् ।
 
निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ । फिल्म एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्दैछ । क्युएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।