आइपीएलः राजस्थानमाथि हैदरावादको रोमाञ्चक जित

बैशाख २१,२०८१

-आस्था न्यूज

बैशाख २१, २०८१ काठमाडौं ।
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को गएराति खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि १ रनको रोमान्चक जित हात पारेको छ ।
 
२०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनायो । राजस्थानलाई अन्तिम बलमा जितको लागि २ रन चाहिँदा भुवनेश्वर कुमारले रोभम्यान पावेललाई एलबीडब्लू आउट गर्दै रोमान्चक जित दिलाए । 
 
पहिलो ओभरमै भुवनेश्वर कुमारले जस बटलर र सञ्जु स्यामसनलाई शून्यमा आउट गर्दै हैदराबादलाई खेलमा ल्याएका थिए । तर तेस्रो विकेटका लागि रियान पराग र यशस्वी जैसवालले १३४ रनको शतकीय साझेदारी गर्दै राजस्थानको सहज जितको आधार तय गरेका थिए । टी नटराजनको १४ औं ओभरको तेस्रो बलमा जैसवाल बोल्ड भएपछि हैदराबाद खेलमा फर्किएको थियो । शिम्रन हेटमायर १३, रोभम्यान पावेल २७, ध्रुव जुरेल १ रनमा आउट भए ।
 
हैदराबादका भुवनेश्वर कुमारले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्स र टी नटराजनले २-२ विकेट लिए ।
 
त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ जितेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।