Trending :
 

खडेरीले चैते धान समेत रोप्न नपाएको बाराका किसानको गुनासो

बैशाख २१,२०८१

-रासस

बैशाख २१, २०८१ काठमाडौं ।
चैतभित्रै किसानले चैतेधान रोपाइँ गरेर सकिसक्नु पर्नेमा लामो समयदेखिको खडेरीले बारा दक्षिणी भागका किसान प्रभावित भएका छन् । बारामा हालसम्म करिब ६० प्रतिशत मात्र चैते धान रोपाइँ भएको छ ।
 
कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैंले सिँचाइको व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ-१, चैते-१, चैते-२, चैते-४ जातको धान रोपेका छन् । दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेको छैनन् ।
 
भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैतेधानको उत्पादन बढी हुने भएकाले चैतेधान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका छन् । गत वर्ष किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए ।