रियल म्याड्रिडले जित्यो स्पेनिस ला लिगाको उपाधि

बैशाख २३,२०८१

-आस्था न्यूज

बैशाख २३, २०८१ काठमाडौं ।
रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ।
 
उपाधि होडमा रहेको बार्सिलोनाले जिरोनासँग हार बेहोरेसँगै रियलले चार खेलअघि नै ३६ औँ उपाधि जितेको हो।
 
बार्सिलोनाले ४-२ गोलको हार बेहोर्यो। यता रियलले कार्डिजलाई ३-० गोले पराजित गरेसँगै उपाधि पक्का भएको हो। चार खेल बाँकी रहँदा शीर्ष स्थानको रियलको ८७ अङ्क छ।
 
जिरोनाको ७४ र बार्सिलोनाको ७३ अङ्क छ। रियलले पछिल्लोपटक सन् २०२२ मा उपाधि जितेको थियो।
 
रियलले बार्सिलोनाभन्दा नौ पटक बढी उपाधि जितेको छ।
 
बार्सिलोनाले २७ पल्ट लिग उपाधि जित्दा रियलको यो ३६ औँ उपाधि हो।