आज बढ्यो सुनको मूल्य

बैशाख २४,२०८१

-आस्था न्यूज

वैशाख २४, २०८१ काठमाडौं ।
सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार २ सय रुपैयाँले बढेको हो ।
 
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
सोमबार तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
 
यस्तै, सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य हजार ६४० रुपैयाँमा कारोबार भएको थियो ।
 
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।