Trending :
 

आइपीएलः मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

बैशाख २५,२०८१

-आस्था न्यूज

बैशाख २५, २०८१ काठमाडौं ।
जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादमाथि सहज जित हासिल गरेको छ । मुम्बइले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।
 
१७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतकको मद्दतमा १७.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो । सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित रहे ।
 
तिलक बर्माले ३७ रन बनाए । ओपनर इशन किसन र रोहित शर्मालाई भने मुम्बइले सस्तैमा गुमाएको थियो । इशन किशन ९ र रोहित ४ रनमै आउट भएका थिए । हैदराबादका भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले एकरएक विकेट लिए ।
 
त्यसअघि हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
 
मुम्बइका हार्दिक पन्ड्या र पियुस चावलाले तीनरतीन,  अंशुल कम्बोज र जस्पृत बुम्राहले एक/एक विकेट लिए ।