Trending :
 

प्रभु बैंकका ग्राहक र सेयरहोल्डरलाई न्यूरो कार्डियो हस्पिटलमा छुट पाउने

बैशाख २६,२०८१

-आस्था न्यूज

वैशाख २६, २०८१ काठमाडौं ।
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर-८,मोरङ्गस्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक विभिन्न सेवामा छुट दिने भएको छ ।
 
प्रालिले सिटिस्क्यान,न्यूरो सर्जरी, न्यूरो आईसियू,अर्थोप्याडिक सर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थलगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।
 
एक समारोहका बीच न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिका सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छाचोक,शाखा प्रमुख प्रशान्त कुमार झाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।
 
छुट सुविधाप्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्घारा न्यूरो कारडियो एण्ड मल्टि स्पेसियालिटी हस्पिटल प्रालिलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।
 
नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्यूरो कारडियो एण्ड मल्टि स्पेसियालिटी हस्पिटल प्रालिले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचारदेखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।
 
स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा सेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीहरुलाई १५ प्रतिशतसम्मको  छुट व्यवस्था रहेको छ ।
 
प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर माफर्त बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।