जसपामा फेरि फुट्यो

बैशाख २७,२०८१

-आस्था न्यूज

वैशाख २७, २०८१ काठमाडौं ।
केही दिनअघि मात्र विभाजित भएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ। 
 
अशोक राईको नेतृत्वमा नयाँ दल बनेको एक साता नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि अलग भएको हो।
 
माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो।