Trending :
 

पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने पर्यटनमन्त्री तामाङको भनाई

बैशाख २८,२०८१

-आस्था न्यूज

वैशाख २८, २०८१ काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन्। 
 
शुक्रबार पशुपति क्षेत्र विकास कोषको ३८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुने बताए। उनले विगतमा पशुपति विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको बताए। 
 
पछिल्लो समय कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएपनि अब त्यस्तो हुन नदिने प्रतिवद्धता जनाए। उनले गैरराजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गरे। 
 
उनले पशुपति क्षेत्र विकास कोष गैरराजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने प्रतिवद्धता जनाए। उनले पशुपति क्षेत्र विकास कोषमा राजनीतिक गर्न नहुने विषयमा आफू सचेत रहेको बताए। 
 
पशुपति क्षेत्र, विश्व सम्पदा सूचिमा सूचिकृत,पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको उनको भनाइ छ। मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवद्र्धन गर्नसके धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने बताए।