Trending :
 

जेठ महिनाका लागि ९ वटा बैंकले घटाए ब्याजदर

बैशाख ३१,२०८१

-आस्था न्यूज

वैशाख ३१, २०८१ काठमाडौं ।
जेठ महिनाका लागि ९ वटा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएका छन् । यस्तै ७ वटाले वैशाखको ब्याजदरलाई स्थिर राखेका छन् भने ३ वटा बैंकले ब्याजदर बढाएका छन् । 
 
समग्रमा जेठ महिनाका लागि वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर औसतमा ०.०८ प्रतिशतले घटेको हो ।
 
ब्याजदर बढाउने बैंकहरुको सूचीमा ग्लोबल आईएमई बैंक, एनआईसी एसिया र प्रभु छन् । ग्लोबल आईएमईको कर्जाको ब्याज वैशाखमा ७ प्रतिशत रहेकामा जेठ महिनाका लागि ७.५ प्रतिशत कायम भएको छ ।
 
यस्तै, वैशाखमा ७.७५ प्रतिशत रहेको एनआईसी एसियाको कर्जा ब्याज जेठ महिनाका लागि ७.८ प्रतिशत कायम भएको छ । यसबाहेक वैशाख महिनामा ७ प्रतिशत रहेको प्रभु बैंकको ब्याजदर जेठ महिनाका लागि ७.५ प्रतिशत कायम भएको छ ।
 
ब्याज घटाउने बैंकहरुको सूचीमा नबिल, सिद्धार्थ, एभरेस्ट, सिटिजन्स, एनएमबी, एसबीआई, प्राइम, राष्ट्रिय वाणिज्य र सानिमा बैंक छन् । यता ब्याज वैशाखको जस्तै स्थिर राख्ने बैंकहरुको सूचीमा स्ट्यान्डर्ड चार्टड, माछापुच्छ्रे, हिमालयन, एनआईएमबी, कुमारी, नेपाल र लक्ष्मी सनराइज बैंक छन् ।
 
बैंकहरुले निरन्तर ब्याज घटाउन थालेसँगै जेठ महिनामा पछिल्लो साढे दुई वर्ष अवधिको तुलनामा सबैभन्दा न्यून बिन्दुमा ब्याजदर आइपुगेको छ ।