Trending :
 

सहकारी संसदीय छानबिन समिति गठन नगरे संसद अवरोध कायमै राख्ने कांग्रेसको निर्णय

बैशाख ३१,२०८१

-आस्था न्यूज

वैशाख ३१, २०८१ काठमाडौं ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक सकिएको छ।
 
तर आज बस्ने भनिएको कार्यसमिति र संसदीय दलको बैठक भने स्थगित भएको छ। पदाधिकारी र पूर्व पधाधिकारीको बैठकले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको मागलाई निरन्तरता दिने निर्णय गरेको छ।
 
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे संसदको अवरोध कायमै रहने निर्णय छ। संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न सरकारका तर्फबाट नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने तयारी छ।