Trending :
 

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुदै

जेठ ०१,२०८१

-आस्था न्यूज

जेठ १, २०८१ काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको छ। दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन्।
 
सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो। केही बेरअघि बहस सुरु भएको हो। 
 
मुद्दामा न्यायाधीशले कुनै आदेश दिएनन् भने आज-भोलिमै फैसला आउन सक्छ। आज सुरूमा सरकारी वकिलहरुले बहस गरिरहेका छन्। त्यसपछि सन्दीपका वकिलहरूले बहसमा भाग लिने छन्।