Trending :
 

मन्त्रीपरिषद्‌बाट १६ औं पञ्चवर्षीय योजना पारित

जेठ ०१,२०८१

-आस्था न्यूज

जेठ १, २०८१ काठमाडौं ।
सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो।
 
बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय गरेको बताइन्। 
 
त्यस्तै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पनि पारित गर्ने निर्णय गरेको बताइन्।