Trending :
 

अभ्यास खेलमा भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी

जेठ ०२,२०८१

-आस्था न्यूज

जेठ २, २०८१ काठमाडौं ।
विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमले विनवाड्र्स भोलक्यानोजमाथि चार विकेटको जित निकालेको छ।
 
मंगलबार राति भएको खेलमा नेपालविरुद्ध पहिलो ब्याटिङ गरेको भेलक्यानोजले ८ विकेटको क्षतिमा १९६ रन बनाएको थियो। भोलक्यानोजलाई सस्तैमा समेट्न नेपालका कप्तान रोहित पौडेलले तीन विकेट हात पारेका थिए।
 
१९७ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। भुर्तेलले आक्रामक ओपनिङ गर्दै ४२ बलमा ७१ रन बनाएका थिए भने आक्रामक फिनिसिङ गर्दै दीपेन्द्रले २५ बलमा नटआउट ५२ रन बनाए। १९७ रनको लक्ष्य नेपालले १९।३ बलमा ६ विकेट गुमाउँदै भेट्टाएको हो।