Trending :
 

आईपीएलः लखनऊमाथि दिल्लीलाई १९ रनको जित

जेठ ०२,२०८१

-आस्था न्यूज

जेठ २, २०८१ काठमाडौं ।
इंडियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ ।
 
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो ।
 
२०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८  रन बनाए पनि हार टार्न सकेनन् ।
 
अरु ब्याटर भने खासै चल्न सकेनन् । क्रुनाल पण्ड्याले १८, युधवीर सिंहले १४  र क्विन्टन डी ककले १२ रन जोडे ।
 
दिल्लीका इशान्त शर्माले ३, खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले एकरउक विकेट लिए ।
 
पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । अभिषेक पोरेलले ५८, ट्रिस्टन   स्टब्सले ५७, साइ होपले ३८ र ऋषभ पन्तले ३३ रनको योगदान गरे ।
 
लखनउका नवीन उल हकले २, अर्शद खान र रवि विश्नोइले एकरएक विकेट लिए ।
 
दिल्लीले लिगचरणका सबै खेल सकेर १४ अंक जोडेको छ भने पराजित भएको लखनउले एक खेल बाँकी छ र १२ अंक जोडेको छ ।
 
यो नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ । लखनउले बाँकी एक खेलमा ठुलो अन्तरले जित निकालेमा सम्भावना बाँकी हुनेछ भने दिल्ली औपचारिक रुपमा बाहिरिन बाँकी छ ।