आर्थिक प्रसङ्ग
चैत्र २८,२०७३
-
२८,२०७३चैत्र,काठमाडौँ-
नेपाली बजारमा भएको सिमेन्टको मूल्य बृद्दीलाई कम गर्न सिमेन्ट उत्पादक सङ्घले सहमति जनाएको छ ।
उद्योग मन्त्रालयमा आइतबार बसेको नेपाल सिमेन्ट उत्पादक सङ्घका प्रतिनिधिसँगको छलफलमा मन्त्री नवीन्द्रराज जोशीले देशका धेरै स्थानमा यतिबेला निर्माण कार्य भइरहेको र यही बेला सिमेन्टको मूल्यमा बृद्दी भएकोले उपभोक्ता मारमा परेको भन्दै उद्योगीलाई आग्रह गरेपछि उद्योगी तर्फले सोहीबारे सहमति जनाएका हुन् ।
नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टको उत्पादन लागत दक्षिण एसियामै महँगो रहेको अवगत गराउँदै सरकारको अनुरोधलाई स्वीकारेर हाललाई मूल्यबृद्दीमा पुनर्विचार गर्न सङ्घले आफ्ना सदस्य सिमेन्ट उत्पादकलाई आजै पत्राचार गर्ने बताए ।
अध्यक्ष थापाले सरकारको आग्रहलाई सकारात्मक रुपमा लिएको बताउँदै सबै व्यवसायीलाई आग्रह गर्ने जानकारी गराए । व्यवसायीहरुले मूल्यबृद्दीमा पुनर्विचार गरी सक्दो सहयोग गर्ने वचन दिएका थिए ।
व्यवसायीहरूले बजारमा सिमेन्टको माग बढ्दै गएको मौका छोपी सबै सिमेन्टको मूल्य एकैपटक बढाएका थिए।
सबै कम्पनी मिलेर प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म मूल्य बृद्दी गरी बजारमा सबैभन्दा धेरै खपत हुने ओपिसी र पिपिसी सिमेन्ट दुवैको मूल्य बढाइएको थियो ।
प्रमुख समाचार