Trending :
 

आईपिएलः दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार

जेठ ०३,२०८१

-आस्था न्यूज

जेठ ३, २०८१ काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लगातार चौथो पराजय भोगेको छ।
 
प्लेअफबाट बाहिरिसकेको पञ्जाब किंग्ससँग राजस्थान ५ विकेटले पराजित भएको हो। टस जितेर सुरुमा ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य पञ्जाबले ७ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गरेको हो।
 
 
लगातार चौथो हार खाएको राजस्थान १६ अंकसहित दोस्रो स्थानमा कायमै छ। प्लेअफबाट बाहिरिसकेको पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ। उसले १३ मा ७ खेल गुमाउँदै १० अंक बनाएको छ।