Trending :
 

सहकारी प्रकरणमा छानबिन समिति गठन गर्न एकीकृत समाजवादीको माग

जेठ ०३,२०८१

-आस्था न्यूज

जेठ ३, २०८१ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको छ। बुधबार सम्पन्न केन्द्रिय कमिटीको बैठकका निर्णय बिहीवार सुनाउँदै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको बताएका हुन्। 
 
उनले कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको वचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद् घटनाहरू सार्वजनिक भइरहेको बताए। समस्या समाधानको लागि छानविन समिति गठन गरी दोषिमाथि कडा कारबाही गर्न माग गरिएको उनको भनाइ छ।
 
उनले भने, ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको वचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद् घटनाहरू सार्वजनिक भइरहेका छन् ।