आज सामान्य अंकले बढ्यो नेप्से
-आस्था न्यूज
जेठ ३, २०८१ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसुचक सामान्य अंकले बढेको छ । आज नेप्से ०.७९ अंकले बढेर २,०१८ को विन्दुमा बन्द भएको हो ।
आज १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनकिो सेयर मूल्य घटेको छ । ४ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीको सेयर कारोबार भको छ । आज यस कम्पनीको ४३ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ११ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पिपुल्स पावर कम्पनीको ७ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था र सृजनशिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले पनि ९ प्रतिशतका दरले कमाएको छन् ।
आज सबैभन्दा धेरै माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।