Trending :
 

दलहरुबिच सहमति नजुटेपछि अन्योलमा संसद् बैठक

जेठ ०३,२०८१

-आस्था न्यूज

जेठ ३, २०८१ काठमाडौं ।
प्रतिनिधिसभा बैठक सहज रूपमा अघि बढाउन विभिन्न पक्षहरूबिच छलफल जारी रहेको छ । विभिन्न दलका नेताहरूबिच, सभामुख र दलका प्रमुख सचेतकहरूबिच सहमति जुटाउन छलफल जारी रहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 
 
बैठकमा कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेका कारण सहमति निस्कन नसकेको जनाइएको छ ।
 
आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको समय दिउँसो ४ बजेका लागि सारिएको थियो । चार बजेसम्म पनि दलहरूका बीचमा सहमति नभएपछि बैठक बस्ने समय अन्योल भएको छ ।