Trending :
 

सहकारी छानबिन समिति गठनको मागमा अडिग रहने कांग्रेसको निर्णय

जेठ ०४,२०८१

-आस्था न्यूज

जेठ ४, २०८१ काठमाडौं । 
प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ।
 
आज बसेको कांग्रेस संसदीय दल बैठकले हिजोको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर समेत गर्‍यो।
 
बैठकपछि पत्रकारसँग बोल्दै कांग्रेस नेता रमेश लेखकले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानविनको माग पुन जोडदार रुपमा राखिएको बताए।