Trending :
 

तीन जिल्लाका सीडीओ हेरफेर

जेठ ०४,२०८१

-आस्था न्यूज

जेठ ४, २०८१ काठमाडौं । 
गृह मन्त्रालयले ३ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिएको छ । उनी बागलुङमा कार्यरत थिए । 
 
बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ । 
 
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रजिअहरुको सरुवा तथा पदस्थापन निर्णय गरेका हुन् ।