Trending :
 

संसदको गतिरोध हटाउनेबारे प्रधानमन्त्रीले कांग्रेस नेताहरूसँग छलफल गर्दै

जेठ ०५,२०८१

-आस्था न्यूज

जेठ ५, २०८१ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोधबारे नेपाली कांग्रेसका नेताहरुसँग छलफल फेरि छलफल गर्ने भएका छन् ।
 
प्रधानमन्त्रीले बिहान साढे ८ बजे छलफलका लागि बालुवाटारमा बोलाएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
 
 
कांग्रेस नेताहरुलाई हिजो साँझ ६ बजे बोलाइएको भएपनि प्रधानमन्त्रीको व्यस्ततका कारण आज बिहानका लागि बैठक सारिएको हो ।
 
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ।
 
बिहीबार प्रतिनिधिसभामा भएको सत्तापक्ष र विपक्षको धकेलाधेकलले तिक्ततापूर्ण बनेको राजनीतिक माहोललाई सहज बनाउँदै मध्यमार्गी विकल्पमार्फत सहमति खोज्न प्रधानमन्त्रीले संवाद र छलफललाई पुनः अघि बढाएका हुन् ।
 
प्रधानमन्त्रीले समिति गठनमा गृहमन्त्री लामिछानेको नाम किटेर उल्लेख नगर्ने तर उनीसँग जोडिएका सहकारीको नाम राख्न सकिने गरी कांग्रेसलाई सहमतिमा ल्याउने प्रयास गरेका छन् ।
 
प्रधानमन्त्रीले हिजो संसद भवनस्थित आफ्नो चेम्बरमा कांग्रेस प्रमुख सचेत लेखक, कार्यव्यवस्था परामर्श समिति सदस्य रामहरि खतिवडालगायत नेताहरुसँग छलफल गरेका थिए ।