Trending :
 

लगातार छ खेल जित्दै बेंग्लुरु प्लेअफमा, साविक बिजेता चेन्नाई समूह चरणबाटै बाहिरियो

जेठ ०६,२०८१

-आस्था न्यूज

जेठ ६, २०८१ काठमाडौं ।
चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।
 
एम चिन्नास्वामी स्टेडियममा शनिबार राति सम्पन्न खेलमा आरसिबीले चेन्नईलाई २७ रनले पराजित गरेको हो ।
 
आरसिबीले दिएको २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो ।
 
उसका लागि रचिन रबिन्द्रले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । ३७ बलको सामना गरेका रबिन्द्रले पाँच चौका र तीन छक्काको मदतमा ६१ रन बनाए । त्यस्तै रविन्द्र जडेजाले ४२, अजेन्का रहानेले ३३, महेन्द्र सिंह धोनीले २५ रन बनाए ।
 
आरसिबीका यश दयाल दुई तथा ग्लेन म्याक्स्वेल, मोहमद सिराज, लोकी फर्ग्युसन, क्यमरुन ग्रिनले एक एक विकेट लिए ।
 
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको हो ।
 
उसका लागि कप्तान फाफ डु प्लेसिस अर्धशतक प्रहार गरे । ३९ बलको सामना गरेका डु प्लेसिसले तीन छक्का र तीन चौकाको मदतले ५४ रन बनाए । यस्तै विराट कोहली ४७, रजत पाटीदार ४१, क्यामरन ग्रिन ३८, ग्लेन म्याग्स्वेलले १६ रन बनाए ।