Trending :
 

राष्ट्रिय सभा बैठकभोलीसम्मका लागि स्थगित

जेठ ०६,२०८१

-आस्था न्यूज

जेठ ६, २०८१ काठमाडौं ।
प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्को कारबाही अगाडि बढ्न नदिने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । सहकारीको रकम ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरुद्ध गरिरहेको छ ।
 
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले राष्ट्रिय सभाको आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
 
राष्ट्रिय सभाको बैठक आइतबार १:१५ बजे बस्नेगरी तोकिएको थियो । उक्त बैठक बस्न नसकेपछि ३स्१५ बजे बस्ने गरी निर्धारण सारिएको थियो । सो बैठक पनि बस्न नसक्ने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो ।