Trending :
 

प्रतिनिधिसभामा कांग्रेसको नारावाजिकाबिच प्रधानमन्त्रीले विस्वासको मत लिदै

जेठ ०७,२०८१

-आस्था न्यूज

जेठ ७, २०८१ काठमाडौं ।
संसदमा कांग्रेसको अवरोधका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् ।
 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । 
 
सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको भएपनि कांग्रेसले संसद् बैठक अवरुद्ध पारेसँगै अनिश्चित भएको हो ।
 
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरोध नगर्न गरेको आग्रहलाई कांग्रेसले बेवास्ता गर्दै बैठक अवरोधलाई निरन्तरता दिए । 
 
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद् बैठक सुचारु हुन नदिने अडान लिएको छ । सोमबारको बैठकमा सभामुखले सरकारी कार्यसूचीमा प्रवेश गर्न लागेसँगै कांग्रेस सांसदहरू बेल घेराउ गर्न पुगे ।
 
कांग्रेसले बैठक अवरोध गरेसँगै सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरे ।