Trending :
 

संसदमा विकसित भइरहेका घटनाक्रमहरू सुखद नरहेको माधव नेपालको भनाई

जेठ ०८,२०८१

-आस्था न्यूज

जेठ ८, २०८१ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरू सुखद नरहेको बताएका छन् । आज धनुषामा समाजवादी प्रेस सङ्गठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने बताए । 
 
उनले संसद्को गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए । उनले भने, ‘संसदमा जुन किसिमका घटनाहरू भइरहेका छन्, ती घटनाहरू वास्तवमा सुखद छैनन् । त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोज्नुपर्छ ।’
 
एक फरक सन्दर्भमा अध्यक्ष नेपालले कुनैपनि पार्टीहरू नफुटुन् भन्ने आफूहरूको चाहना रहेको बताए ।