Trending :
 

बेंग्लुरु प्रतियोगिताबाट बाहिरियो, राजस्थान रोयल्स ४ विकेटले विजयी

जेठ १०,२०८१

-आस्था न्यूज

जेठ १०, २०८१ काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स क्वालिफायरमा पुगेको छ। बुधबार राति भएको खेलमा रोयल च्यालेञ्जर्स बैंगलुरूलाई पराजित गर्दै राजस्थान क्वालिफायरमा पुगेको हो।
 
राजस्थानले बेंगलुरलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको हो। बैंगलुरूले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको हो।
 
राजस्थानका ययश्वी जैसवालले सर्वाधिक ४५ रन बनाए। उनले ३० बलमा ८ चौका प्रहार गरेका थिए। त्यस्तै रियान परागले २६ बलमा २ चौका र २ छक्का प्रहार गरी ३६ रन जोड्न सफल भएका थिए। यस्तै सिमरन हेटमायरले २६  र टम कोहलर(क्याडमोरले २० रनको योगदान गरे। कप्तान सञ्जु सामसनले १७ र ध्रुव जुरेलले ८ रनको योगदान गरेका थिए।
 
बलिङतर्फ बैंगलुरूका मोहम्मद सिराजले २ तथा लोकी फर्गुशन, करन शर्मा र क्यामरून ग्रीनले १र१ विकेट लिएका थिए।
 
पहिले ब्याटिङ गरेको बैंगलुरूले ८ विकेट गुमाएर १७२ रनको योगफल तयार गरेको थियो। त्यस क्रममा ओपनर विराट कोहलीले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३३ रन बनाए। रजत पतिदरले ३४, महिपाल लोम्रोरले ३२ र क्यामरन ग्रीनले २७ रन जोडेका थिए।