मौसमः केही प्रदेशमा हल्का वर्षाको सम्भावना
-आस्था न्यूज
जेठ ११, २०८१ काठमाडौं ।
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
देशको पहाडी भू-भागका थोर स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भु-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।