संसदीय छानबिन समितिबारे कार्यदलको बैठक बस्दै
-आस्था न्यूज
जेठ ११, २०८१ काठमाडौं ।
सहकारीको रकम अपचलन विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज शुक्रबार पनि बस्ने भएको छ।
बिहीबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकले बिहीबार पनि छानबिन समितिको टोओआरमा सहमति गर्न सकेन।
सहमतिका लागि आज पुनस् बस्ने गरी बैठक टुंगिएको हो।
बैठक शुक्रबार बिहान ८:३० बजे फेरि बस्ने कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए। शुक्रबार बिहान बस्ने बैठकमा सहमति गरेर ११ बजे संसद् बैठक खुलाउने प्रयास हुने उनले बताए।
बैठकमा सत्तापक्ष सहकारीको नाम राख्न सहमत भए पनि रवि लामिछानेको नाममा असहमति भएको बर्तौलाले बताए।