Trending :
 

३० औँ पटक सगरमाथाको आरोहण गरी कीर्तिमान बनाएका कामीरितालाई काठमाडौँमा भव्य स्वागत

जेठ ११,२०८१

-आस्था न्यूज

जेठ ११, २०८१ काठमाडौं ।
३० औँ पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका कामीरिता शेर्पालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ। 
 
कीर्तिमानी हिमाल आरोही शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।
 
शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
 
शेर्पाले वैशाख ३० गते आइतबार ३० औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका थिए ।
 
सोलुखुम्बु थामेका ५४ वर्षीय कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आएका छन् ।