Trending :
 

सहकारी ठगी प्रकरणः शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष

जेठ ११,२०८१

-आस्था न्यूज

जेठ ११, २०८१ काठमाडौं ।
सहकारी ठगीको विषयमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षका शीर्ष नेताहरूको बैठकले शनिबार बस्ने कार्यदल बैठकमा आ-आफ्नो प्रस्ताव पेस गर्नेगरी बैठक सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । शुक्रबारको बैठकमा कार्यदलमा भएको प्रगतिबारे एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ब्रिफिङ गर्ने काम भएको पाण्डेले बताए । 
 
‘बैठकले कुनै निर्णय गरेको छैन । यद्यपि दुवैपक्षबिच सकारात्मक कुराकानी भएको छ । आजको बैठकमा कार्यदलको तर्फबाट महेश बर्तौलाले अहिलेसम्म भएका प्रगतिबारे ब्रिफिङ गर्नुभयो । त्यसबारे प्रधानमन्त्रीलगायत सबै नेताहरू सकारात्मक हुनुभएको छ । शनिबार बस्ने कार्यदल बैठकमा आ-आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ’, बैठकबारे पाण्डेले जानकारी दिँदै भने । 
 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहति एमालेका अध्यक्ष केपी ओली लगायत कांग्रेसका शीर्ष नेताहरू सहभागी थिए ।