Trending :
 

कांग्रेसको अवरोधका बिच अर्थमन्त्री पुनद्वारा आर्थिक सर्वेक्षण संसद्‌मा पेश

जेठ १३,२०८१

-आस्था न्यूज

जेठ १३, २०८१ काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ प्रतिनिधिसभामा पेश गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसहितको विपक्षीको विरोध र होहल्लाकै बिच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् । 
 
सहकारी काण्डलाई लिएर प्रतिपक्षीले गृहमन्त्रीमाथि संसदीय छानविन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ ।