Trending :
 

मुग्लिन-नारायणगढ सडकमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

जेठ १३,२०८१

-आस्था न्यूज

जेठ १३, २०८१ काठमाडौं ।
 चितवनस्थित मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । पहिरोका कारण स्काभेटर चालक ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले बताए । 
 
बर्दिया घर भएका चौधरी निर्माणाधीन ३ नम्बर पुलको स्काभेटर चालक हुन् । पुल बनाउन पहाड काट्ने क्रममा काम गरिरहेको अवस्थामा ढुङ्गा सहितको पहिरो खस्दा स्काभेटर पुरिएको डीएसपी रिजालले बताए । 
 
चौधरीलाई प्रहरीले उद्धार गरेर चितवन मेडिकल कलेजमा लगेको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । घटनास्थल इच्छाकामना गाउँपालिका वडा नम्बर–५ मा पर्छ ।