Trending :
 

शेयर बजार दोहोरो अङ्कले घट्यो

जेठ १३,२०८१

-आस्था न्यूज

जेठ १३, २०८१ काठमाडौं ।
साताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ विन्दुमा झरेको छ । आज होटल र म्युचुअल फण्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ ।
 
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज कालिञ्चोक दर्शन प्रालिको शेयर १० प्रतिशतले बढेको छ ।
 
आज एक करोड १० लाख कित्ता चार अर्ब ४४ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स र सीईडीबी हाइड्रोपावर कम्पनीको साढे १५ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भएको छ ।