Trending :
 

चितवनको १७ किलोमा बस दुर्घटना हुँदा २२ जना घाइते

जेठ १४,२०८१

-आस्था न्यूज

जेठ १४, २०८१ काठमाडौं ।
चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दुर्घटनामा १७ वर्षीय किशोरको मृत्यु भएको छ । 
 
मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । घाइतेहरूमध्ये ५ जनाको अवस्था गम्भीर छ । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको डीएसपी रिजालले जानकारी दिए ।
 
घाइते हुनेहरु अधिकांश प्युठान र अर्घाखाँचीका छन् । गए राति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा.४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना.७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको हो ।