Trending :
 

पाँच स्थानीय तहको बेरुजु शून्य

जेठ १४,२०८१

-आस्था न्यूज

जेठ १४, २०८१ काठमाडौं ।
आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजु शून्य देखिएको छ । 
 
काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथिभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजु शुन्य देखिएको हो ।
 
महालेखापरीक्षकको कार्यालयले आईतबार सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा ती स्थानीय तहको बेरुजु नभएको उल्लेख छ । कार्यालयकाअनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा पाँच तहका शुन्य बेरुजु देखिएको छ । 
 
महाभारत गाउँपालिकामा उक्त आवमा रु एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण भएको थियो । अघिल्लो आव अर्थात् ०७८/७९ मा गरिएको लेखापरीक्षणमा शून्य दशमलव २६ प्रतिशत बेरुजु देखिएको थियो । 
 
यसअघि नेपाली यार्सा संकलकलाई चीनको उच्च इलाकामा यार्सा टिप्न पूरै बन्देज थियो । चीनको भू-भागमा पर्ने गौरीशंकर हिमशृङ्खला र पर्वतको फेदीस्थित लाप्ट, रेल्दोन, मानचौरजस्ता स्थानका यार्साको मूल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भए पनि त्यहाँ यार्सा संकलन गर्न जाने गरेका थिए ।
 
अहिले सर्वसाधरणकै अनुमति पत्रलाई आधार मानेर यार्सा टिप्न दिएयता उत्साहित यहाँका यार्सा संकलक गाउँ रित्ताएर लेकमा पुगेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा व्यापारिक चहलपहल बढेको सुधार आइरहेको बताए ।
 
तातोपानीबाट अहिलेसम्म आठ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन् । त्यसबाहेक निर्यात छैन्, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आएका छन्, सवारी पनि भित्रिरहेको भन्सार प्रमुख केसीले जानकारी दिए ।