Trending :
 

बजेट भाषणः प्रदेश र पालिकामा राजस्व र अनुदान गरी ५ खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने

जेठ १५,२०८१

-आस्था न्यूज

जेठ १५, २०८१ काठमाडौं
सरकारले आउँदो आर्थिक वर्षमा सरकारले प्रदेश र पालिकामा राजस्व बाँडफाँट र अनुदान गरी ५ खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ ।
 
बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले समानीकरण अनुदानतर्फ प्रदेशका लागि ६० अर्ब र पालिकाका लागि ८८ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । यस्तै ससर्त अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र पालिकाका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ विनियोजन भएको छ ।
 
यसैगरी विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४० करोड र पालिकालाई ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै पूर्वाधारका आयोजना कार्यान्वयन गर्न प्रदेशलाई ६ अर्ब २० करोड र पालिकालाई ७ अर्ब रुपैयाँ विनियोजन भएको छ ।
 
राजस्व बाँडफाँटबाट मात्रै १ खर्ब ५९ अर्ब रुपैयाँ हस्तान्तरण हुने बजेट भाषणमा उल्लेख छ ।