Trending :
 

बजेट भाषणः जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रूपमा विकास गरिने

जेठ १५,२०८१

-आस्था न्यूज

जेठ १५, २०८१ काठमाडौं
सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।
 
सङ्घीय संसदमा आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई वेडिङ डेस्टिनेशन घोषणा गर्नुभएको छ । जनकपुरलाई वेडिङु र लुम्बिनीलाई बर्थिङ हबका रूपमा विकास गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।