बजेट भाषणः छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न १० करोड रुपैयाँ विनियोजन
-आस्था न्यूज
जेठ १५, २०८१ काठमाडौं
सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा सरकारले कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड विनियोजन
यसैगरी युवा, महिलाका आवश्यकता चुनौतीका विषयमा राष्ट्रिय स्तरका छलफल अन्तरक्रिया गर्न आगामी वर्ष युवा महिला राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रूपमा मनाउनेसमेत सरकारको घोषणा छ ।
‘महिलाविरुद्ध हुने हिंसा, शोषण भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको निर्माण सिर्जना गरिनेछ। आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाईनेछ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ग्रामिण र दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारलाई थप प्रभावकारी बनाइनेछ ।